स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानविन गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाब | Khabarhub Khabarhub

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानविन गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाब


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुख्य विपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा भएको अनियमितता तथा भ्रष्टाचारको उचित छानविन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाब दिएका छन् ।

देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणको काममा सरकारबाट भएका कमीकमजोरीको समीक्षा गर्न र प्रभावकारी कदम चाल्न पनि सुझाब दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आयोजना गरेको विपक्षी दलका नेतासहित सरकारी अधिकारी र विज्ञहरूसँगको छलफलमा देउवाले उक्त सुझाब दिएका हुन् ।

देउवाले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेहरूमाथि कडा कारबाही गर्न प्रधानमन्त्रीलाई सुझाब दिए । उनले पीसीआर परीक्षणको दायरा बढाउन पनि भनेका छन् । उनले विज्ञहरूका सुझाब कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीलाई सुझाब दिए ।

देउवाले विदेशमा रहेका नेपाली कामदारहरूको उद्धार र इनफ इज इनफका अभियन्ताको भोकहडतालका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

आफ्नो भनाइ राखेर देउवा बाहिरएका थिए । बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीलाई आफ्नो सुझाब दिएको तर कार्यान्वयन गर्ने नगर्ने प्रधानमन्त्रीकै हातमा रहेको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : १२ बजे

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)

एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं– सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।

नेपाल भित्रिने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।