जनकपुर र क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रमा पनि निषेधाज्ञा | Khabarhub Khabarhub

जनकपुर र क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रमा पनि निषेधाज्ञा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषाको जनकपुर र क्षिरेश्वरनगरपालिका क्षेत्रमा सोमबार मध्यारातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाको जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदीको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोडबीचको क्षेत्र भित्र प्रशासनले मानिसहरुको आवतजावतमा निषेध गरिएको छ।

संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले साउन २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

सुरक्षा निकाय, स्वास्थ्य, औषधि, खानेपानी, दुध, खाद्यान्न वस्तु, विद्युत, दमकल, इन्धन, सरसफाई, भन्सार, बैंक, क्वारेन्टाइन जस्ता अतिआवश्यक सेवा बाहेक सम्पूर्ण उद्योग व्यवसाय यस अवधिभित्र भित्र खोल्न नपाइने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ३९ बजे

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्