बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो | Khabarhub Khabarhub

बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ।

बझाङमा गएराति गएको पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको हो । एक जना अझै बेपत्ता रहेका छन् ।

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिएका हुन् ।

वडाध्यक्ष बोहोराका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको छ।

त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो। २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता भएको वडाध्यक्ष बोहोराले जानकारी दिए।

शुक्रबार राति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उनले बताए।

राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए। पहिरोले गाइवस्तु समेत पुरिएका छन् ।

६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : ३० बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई