मलाइकासँगको डिभोर्सको कारण यसरी खुलाए अरबाज खानले | Khabarhub Khabarhub

मलाइकासँगको डिभोर्सको कारण यसरी खुलाए अरबाज खानले


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोनाको महामारी रहेको बेला बलिउडमा भने पुराना फोटो, भिडियो र प्रसंगले स्थान पाएको छ ।

यसैबीच चर्चित निर्माता तथा कलाकार अरबाज खानको एक पुरानो अन्र्तवार्ताको भिडियो भाइरल भएको छ । जसमा उनले मलाइका अरोरालाई डिर्भाेस दिनुको कारण खुलासा गरेका छन् ।

अरबाज खानले पुरानो अन्तर्वार्तामा भने अनुसार उनले बिग्रदै गएको सम्बन्धलाई बचाउन निकै ने कोशिश गरे तर असफल रहे ।

उनले त्यसबेला सन्तानलाई डिर्भोसको फैसला सुनाउन निकै मुश्किल परेको थियो ।

अरबाजले भनेका छन्, त्यसबेला मेरो छोराको उमेर मात्र १२ बर्षको थियो । तसर्थ यो समय उसलाई डिर्भाेसबारे बुझाउन धेरै मेहनत गरिन ।

म हमेशा छोराको साथमा थिए । जब अदालतले मलाइकालाई छोरो राख्ने अधिकार दियो र मैले विरोध पनि गरिन ।

किनकी मलाई थाहा थियो छोराको उमेर सानो छ र यो समय उसलाई आमाको आवश्यकता छ । तसर्थ मैले सहर्ष डिभोर्स स्वीकारे ।

१९ बर्षको वैवाहिक जीवनलाई अन्त्य गर्दै सन् २०१७ मा अरबाज खान र मलाइका अरोराबीच डिभोर्स भएको थियो ।

डिभोर्समा मलाइकाले अरबाजसँग १० करोडको माग गरेकि थिइन् तर अरबाजले उनलाई १५ करोड दिए ।

हुनत अझै पनि मलाइका र अरबाजको कैयौं इभेन्टमा भेट हुन्छ । तर यी दुबैले आफ्नो जीन्दगी निकै अघि बढाइसकेका छन् ।

मलाइका आजकल बलिउड अभिनेता अर्जुन कपुरसँग डेटमा छिन् र यी दुबैको विवाहको हल्ला फैलिएको छ ।

यता अरबाज पनि इटालियन मोडल तथा अभिनेत्री जर्जिया एन्ड्रियानीसँग प्रेममा छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ३९ बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन