शिवसेना नेपालद्वारा सुस्ता र नवलपुरमा मसाल जुलुस प्रदर्शन | Khabarhub Khabarhub

शिवसेना नेपालद्वारा सुस्ता र नवलपुरमा मसाल जुलुस प्रदर्शन


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिवसेना नेपालले राजसंस्था पुनस्थापनाको माग राख्दै नवलपुर र सुस्तामा बिहीबार साँझ मसाल जुलस प्रदर्शन गरेको छ ।

शिव सेना नेपालका कार्यकर्ताले राजसंस्था पुनस्थापनाकाे मागसहित नेपाली भूमि फिर्ताको नारा लगाउँदै मसाल जुलुस निकालेका हुन ।

उनीहरुले मसाल जुलुस निकालेपछि प्रहरीले केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला अध्यक्ष उपेन्द्र गौतम लगायत चारजनालाई प्रहरीले पक्राउ गरेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा)ले जानकारी दिए । उनका अनुसार अहिले दुई जनालाई छाडिएको छ भने दुई जना प्रहरीको नियन्त्रणमै रहेका छन् ।

शिव सेना नेपालका केन्द्रीय सदस्य मुरार पहलमान नेतृत्वको टोलीले मसाल जुलुस प्रदर्शन गरेको हो । नवलपरासी अध्यक्ष उपेन्द्र गौतमका अनुसार सुस्ता नगरअध्यक्ष हिटलरसहित स्थानीय युवाहरु प्रदर्शनाम सहभागी भएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : ०८ बजे

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा