तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व | Khabarhub Khabarhub

तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ ।

सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ । गत फागुनसम्ममा रु एक अर्ब आठ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म रु १८ करोड ३१ लाख राजश्व असुली भएको छ । यही जेठमा मात्र रु १२ करोड ७५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट रु एक अर्ब ७८ करोड २५ लाख २७ हजारको सामान भित्रिएको छ ।

उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि एक अर्ब ६२ करोड १२ लाखको स्वास्थ सामग्री मात्र आयात भएको छ ।

यस्तै यस अवधिमा रु ११ करोड २० लाखको स्याउ र लसुन, रु चार करोड ४४ लाखको धानको बीउ, रु ८२ लाखको कृषि सामग्री र रु ४९ लाखको एम्बुलेन्स आयात भएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ११ : ४६ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ