भारतमा कोरोनाको संक्रमणबाट  १ हजार ३९५ को मृत्यु | Khabarhub Khabarhub

भारतमा कोरोनाको संक्रमणबाट  १ हजार ३९५ को मृत्यु


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४२ हजार ६७० पुगेको छ ।

कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये एक हजार ३९५ जनाको मृत्यु भएको छ भने सङ्क्रमणका कारण स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या २९ हजार ४९३ रहेको छ । ११ हजार ७८२ जना कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्किएका छन् ।

महाराष्ट्रमा सबैभन्दा धेरै १२ हजार ९७४ जना सङ्क्रमित रहेका छन् । त्यस्तै गुजरातमा पाँच हजार ४२८, दिल्लीमा चार हजार ५४९, तामिलनाडुमा तीन हजार २३, मध्यप्रदेशमा दुई हजार ९४२, राजस्थानमा दुई हजार ८८६, उत्तर प्रदेशमा दुई हजार ७४२, आन्ध्रप्रदेशमा एक हजार ६५०, पञ्जावमा एक हजार १०२ र तेलङ्गनामा एक हजार ८२ व्यक्ति सङ्क्रमित रहेका छन् ।

पश्चिम बङ्गालमा ९६३, जम्मु–काश्मिरमा ७०१, कर्नाटकमा ६४२, बिहारमा ५१७, केरलामा ५००, हरियाणामा ४४२, उडिसामा १६३, झारखण्डमा ११५, चण्डिगढमा ९४ र उत्तराखण्डमा ६० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी छत्तिसगढमा ५७ असाममा ४३ लद्दाखमा ४१, हिमाञ्चललगायतका अन्य राज्यमा सङ्क्रमितको सङ्ख्या ४० भन्दा कम रहेको छ । पर्यटकीय मुलुक गोवामा सात सङ्क्रमित भएकामा सबै जना निको भई घर फर्किएका छन् । अन्य राज्यहरूमा भने सङ्क्रमितको सङ्ख्या न्युन रहेको छ ।

कोभिड–१९ सङ्क्रमित मृतकमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ५४८ रहेका छन् । गुजरातमा २९०, मध्यप्रदेशमा १६५, राजस्थानमा ७१, दिल्लीमा ६४ र उत्तर प्रदेशमा ४५ व्यक्तिको मृत्यु भएको छ । आन्ध्रा प्रदेशमा ३६, पश्चिम बङ्गालमा ३५ र तामिलनाडुमा ३० जनाको मृत्यु भएको छ । अन्य प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३० भन्दा कम रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : ०० बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले