घर जान नपाएपछि नेपालगञ्ज विमानस्थल अगाडि धर्ना | Khabarhub Khabarhub

घर जान नपाएपछि नेपालगञ्ज विमानस्थल अगाडि धर्ना


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका छन् । अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा जिल्ला बाहिर रहेकै समयमा कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेका सो जिल्लाका नागरिक नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

यहाँ कोरोनाको जोखिम बढेपछि निजी वायुसेवा कम्पनीले एकाएक उडान स्थगित गरेको बताइएको छ । यसअघि पछिल्ला दुई दिनमा यहाँबाट झण्डै ३०० यात्रुलाई हवाईमार्ग हुँदै सो जिल्ला ओसारिएको थियो । यहाँ रहेका ४९५ जनामध्ये अब अझै १९५ जना यही अलपत्र परेको अनुमान छ ।

ती मध्ये सोमबारका लागि टिकट लिएका ७० जनाभन्दा बढी यात्रु विमानस्थलमा अलपत्र परेका छन् । टिकट काटिसकेका उनीहरुले विमानस्थल पुग्दा उडान नहुने जानकारी पाएपछि आफूहरु घर जान पाउनुपर्ने माग गर्दै विमानस्थल अगाडिको मुख्य सडकमै धर्ना दिनुपरेको जनाएका छन् ।

यात्रु वर्ष भण्डारीले विमानस्थलतर्फ जाँदा आजदेखि उडान नहुने जानकारी पाएपछि विमानस्थलको मुख्य प्रवेश मार्गमै धर्नामा बस्नुपरेको बताएका छन् । यहाँबाट सो स्थानमा उडान भर्दै आएका जहाजका चालकले उडान भर्न नमान्दा सो स्थान जाने यात्रु यही रोकिएका हुन् ।

समिट एयरले लकडाउन अवधिभर उडान स्थगित गरेको जनाएको छ । सो जिल्लावासीको मागलाई मध्यनजर गर्दै सो जिल्लाका नागरिक ओसार्ने काम शनिबारबाट शुरु भएको हो । सीता एयरका तीनवटा, तारा र समिट एयरका एक/एकवटा जहाजमार्फत यहाँ फसेका सो जिल्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिकको उद्धार शुरु भएको थियो ।

यीमध्ये विद्यार्थी, अपाङ्ता भएका व्यक्ति, साठी वर्षमाथिका नागरिकलाई प्राथमिकता दिएर ओसार्न शुरु भएको थियो । कोरोना भाइरसको जोखिम बढेपछि एकाएक उडान स्थगित गरिएको जनाइएको छ । जिल्ला बाहिर फसेका नागरिकलाई हवाईमार्गबाट उद्धारका लागि सो जिल्लाका जनप्रतिनिधिको आग्रहअनुसार पर्यटन मन्त्रालयले सडक सञ्जाल नजोडिएका हिमाली जिल्लाका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : ५१ बजे

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत