कोरोना भाइरसले साउदीमा १८४ जनाको मृत्यु, खाडी मुलुकमा ६७ हजार संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसले साउदीमा १८४ जनाको मृत्यु, खाडी मुलुकमा ६७ हजार संक्रमित


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३८० जनाको मृत्यु भएको छ भने ६७ हजार ६५९ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १८४ जनाको मृत्यु भएको छ । त्यहाँ २७ हजार ११ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १२६ जनाको मृत्यु भएको छ भने १४ हजार १६३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ३८ जनाको मृत्यु भएको छ भने ४ हजार ९८३ जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १२/१२ जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १५ हजार ५५१ र २ हजार ५६८ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार ३८३ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ०७ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली