पूजा भन्छिन् – आइ एम द बेस्ट ! | Khabarhub Khabarhub

पूजा भन्छिन् – आइ एम द बेस्ट !


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्माले हालै आफ्नो जन्मदिन मनाइन् । उनले अभिनय र निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत फागुनमा प्रदर्शनमा आउने चर्चा थियो ।

कोरोना भाइरसका कारण अब यो फिल्म कहिले रिलिज हुन्छ भन्ने टुङ्गो छैन । पछिल्लोपटक रिलिज भएको उनको फिल्म ‘पोइ पर्‍यो काले’ ले भने सकारात्मक प्रतिक्रिया पाएन ।

फुर्सदमा हुँदा पूजाले सामाजिक सञ्जालमा पनि समय दिइरहेकी छिन् । हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर शेयर गरेकी छिन् । तस्वीरको क्याप्सनमा उनले लेखेकी छिन् – आइ एम द बेस्ट अर्थात् म उत्कृष्ट छु ।

‘म उत्कृष्ट छु, मसँग राम्रो छ र म राम्रो कुराको लायक छु, आफूलाई माया गर्नुहोस्,’ पूजाले लेखेकी छिन् ।

पूजाको भनाइलाई लिएर फ्यानले समर्थन जनाएका छन् । साथै उनको तस्वीरमा ‘राम्री’ भन्दै कमेन्ट गरेका छन् ।

केही दिनअघि अर्की कलाकार सुष्मा कार्कीले पूजा शर्माको नाम नै सुन्न मन नपराउने बताएकी थिइन् । त्यसपछि केही समय पूजा र सुष्मा मिडियामा चर्चामा आएका थिए ।

यता पूजाले भने एक अन्तर्वार्ताका क्रममा पूजाले सुष्मालाई धन्यवाद भनेकी थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : ५४ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन