सरकारद्वारा लकडाउनमा थप कडाइ- एक स्थानीय तहबाट अर्कोमा जान नपाइने | Khabarhub Khabarhub

सरकारद्वारा लकडाउनमा थप कडाइ- एक स्थानीय तहबाट अर्कोमा जान नपाइने


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै गरेको लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ ।

शनिबार(आज) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो । यसको लागि प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी काम गर्न निर्देशन दिएको छ ।

यस्तै सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्यापिड टेस्ट गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

उनले र्यापिड टेस्ट किटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुन पिसिआर टेस्ट गर्ने निर्णय भएको पनि जानकारी दिए । आजै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्री खतिवडाले लकडाउन बढाउने विषयमा कुनै निर्णय भने नभएको जानकारी दिए । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ९ : ०३ बजे

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई