अब ज्वरो जाँचेर मात्र बस चढ्न पाइने | Khabarhub Khabarhub

अब ज्वरो जाँचेर मात्र बस चढ्न पाइने


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका सडकमा गुड्ने बसमा पनि अब ज्वरो जाँचेर मात्र चढ्न पाइने भएको छ । काठमाडौंको चक्रपथमा विद्युतीय बस सेवा सञ्चालन गर्दै आएको सुन्दर यातायात कम्पनीले यस्तो व्यवस्था गरेको हो ।

कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै यस्तो गरिएको उक्त कम्पनीले जनाएको छ । ज्वरो जाँच गर्नका लागि बसमा स्वास्थ्यसम्बन्धी विषय अध्ययन गरेका दुई जनालाई मास्क एप्रोन लगायतका सामानसहित खटाइने छ ।

उक्त कम्पनीले सञ्चालन गर्ने गाडी उत्पादक कम्पनीले यात्रुको ज्वरो जाँच गर्नका लागि इन्फ्रारेड थर्मोमिटर पठाएकाले सोही थर्मोमिटरमार्फत् यात्रुको ज्वरो जाँच गरिएको बस सेवा प्रदायक कम्पनीले जनाएको छ ।

यो सेवा बिहीबारबाट शुरु गरिने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ४४ बजे

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार