हलिउड फिल्ममा ऋतिक रोशन ? | Khabarhub Khabarhub

हलिउड फिल्ममा ऋतिक रोशन ?


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका स्टाइलिस अभिनेता ऋतिक रोशकले कैयन् हिट फिल्म दिएका छन् । उनका पछिल्ला दुई फिल्म ‘वार’ र ‘सुपर ३०’ ले पनि राम्रो चर्चा कमाए ।

यतिबेला चर्चा चलेको छ, यी अभिनेताले अब हलिउड फिल्ममा काम गर्दैछन् ।

भारतीय मिडियाका अनुसार अमेरिकाको एक एजेन्सीले हलिउड प्रोजेक्टका लागि ऋतिकको म्यानेजरसँग कुरा गरेका छन् । यसमा ऋतिकले पनि चासो देखाएका छन् ।

यद्यपि यो खबरमा कति सत्यता छ भन्नेमा ऋतिकले कुनै पुष्टि गरेका छैनन् ।

रिपोर्टसका अनुसार ऋतिककी म्यानेजर अमृता सेनले भनिन्, ‘ऋतिक सधै मेहनतका साथ काम गरिरहन्छन्, पछिल्लो २० वर्षमा उनले भारतीय फिल्मलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।’

अमृताको संकेत अनुसार ऋतिकले छिट्टै नै हलिउड फिल्ममा काम गर्न सक्नेछन् । यतिबेला भने उनी आफ्नो सुपरहिरो फिल्म ‘कृष ४’ मा व्यस्त छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ३४ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको