एसीसी ईस्टन रिजन क्रिकेट : थाइल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल | Khabarhub Khabarhub

एसीसी ईस्टन रिजन क्रिकेट : थाइल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी एसीसी ईस्टन रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आयोजक थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ । थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । तर, प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई भन्दा नेपाललाई यस खेल निकै महत्वपूर्ण रहेको छ ।

नेपाल यस प्रतियोगिताबाट उपाधि जित्दै एसिया कप छनोटमा पुग्न चाहन्छ ।

पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

टस हारेर फिल्डिङ गरिरहेको नेपाल प्रतियोगिताको आफ्नो तेस्रो खेल खेलिरहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : ४१ बजे

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।