आफ्नै छोरीमाथि ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा एक व्यक्ति पक्राउ | Khabarhub Khabarhub

आफ्नै छोरीमाथि ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा एक व्यक्ति पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् ।

उनले आफ्नी १६ वर्षीया छोरीलाई डराइ, धम्काइ विगत ६ वर्षदेखि जबरजस्ती करणी गर्दै आएका थिए ।

आफन्तको सहयोगमा पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले उनका बुवालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका पुरुषलाई मंगलबार जिल्ला अदालत डडेल्धुरामा उपस्थित गराइ अनुसन्धानका लागि ७ दिनको अनुमति पाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणीअन्तर्गत अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ६ : २५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई