८ लाख ठगी गरेको भन्दै कांग्रेस सांसदविरुद्ध संसद सचिवालयमै उजुरी दर्ता | Khabarhub Khabarhub

८ लाख ठगी गरेको भन्दै कांग्रेस सांसदविरुद्ध संसद सचिवालयमै उजुरी दर्ता


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य (सांसद) रहेकी पार्वता डिसी चौधरीविरुद्ध संघीय संसद सचिवालयमै ठगी गरेको भन्दै उजुरी परेको छ ।

चौधरीले आफूहरुसँग एक पटक ३ लाख र अर्को पटक ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर फिर्ता नगरेको भन्दै दाङका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले संसद सचिवालयमा उजुरी दर्ता गरेका हुन् ।

सांसद चौधरीविरुद्ध उजुरी दर्ता गर्ने पाण्डे बाँकेको तत्कालीन गढवा गाविसका कांग्रेस पार्टीको उपसभापति भइसकेका व्यक्ति हुन् ।

पाण्डे र थापाद्वारा दायर गरिएको उजुरीमा सांसद चौधरीले २०७४ सालमा शुरुमा ३ लाख पछि ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर पटक पटक आग्रह गर्दा पनि फिर्ता नगरेको उल्लेख गरिएको छ ।

चौधरीले रकम लिएको विषयमा पार्टी भित्रै पनि पटक पटक उजुरी तथा गुनासो दर्ता गराउँदा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ ।

सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेको उल्लेख गर्दै उनलाई झिकाएर आफ्नो रकम दिलाइदिन उजुरीमा माग गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १ : २८ बजे

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा