हिमपातले उच्च पहाडी र हिमाली जिल्ला प्रभावित (फोटोफिचर) | Khabarhub Khabarhub

हिमपातले उच्च पहाडी र हिमाली जिल्ला प्रभावित (फोटोफिचर)


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ । मौसमको बदलीसँगै उच्च पहाडी जिल्ला र हिमाली जिल्लामा हिमपात भएको छ ।

हिमपातका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएको छ । कतै बाटो अवरुद्ध छ भने कतै गाउँ नै सम्पर्कबिहीन छ । तर हिमपातका दृश्य हेर्नलायक छन् । डाँडाकाँडा हिउँले ढाकेर सेताम्य भएका छन् ।

हिउँ खेल्न हिउँ परेका स्थानमा जाने पर्यटकको संख्या बढेको छ । तर, स्थानीयले भने हिमपातले दैनिक क्रियाकलाप नै प्रभावित भएको भन्दै आफूहरुका लागि सास्ती भएको बताएका छन् ।

बैतडीमा हिमपातले जनजीवन प्रभावित भएको छ । जुम्लामा यस बर्ष दोस्रो पटक हिमपातभएको छ । शुक्रवार जुम्लामा बिहानैदेखि हिमपात भएको हो । हिमपातसँगै अत्यधिक चिसो समेत बढेकोले यहाँको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्थानीयबासी घरबाहिरको काममानिस्कन सकेका छैनन् ।

बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपात

तीन दिनदेखि बादल लागेको जुम्लामा हिमपात भएपछि यातायात, शैक्षिक संस्थाहरु, प्रभावितभएका छन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । जुम्लाको तापक्रम माइनस डिग्रीमा सेल्सियस भन्दा तल भइरहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

दैलेखमा बिहीवार साँझदेखि परेको अविरल बर्षा संगै हिमपातका कारण सुर्खेत दैलेख सडक खण्डको गुराँसेमा सडक अबरुद्ध भएको छ ।

दोलखाको कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । यो बर्ष पहिलो पटक मंसिर २७ गते हिमपात भएको कालिञ्चोकमा शुक्रवार दिउँसोबाट फेरि हिमपात भएको हो। हिमपातसंगै चरिकोट र आसपासका क्षेत्रबाट हिउँ खेल्न आउनेहरूको संख्या बढेको छ।

बैतडीको हेलिप्याड डाँडामा हिमपात

कालिञ्चोक स्थित होटल सुनपातीका सञ्चालक हरि ओलिका अनुसार कालिञ्चोकको भगवती मन्दिर, टुट्वान , घ्याङ डाँडा, बुकेनी, कुरी, गणेश थुम्की लगाएतको ठाउँमा एक फिटसम्मको हिउँ परेको छ।

दुई दिनदेखि लगातार हिमपात भै रहँदा हुम्लाबासीको जनजीबन निक्कै प्रभाबित भएको छ । शुक्रबार दिउसो पनि तापक्रम माईनस आठ डिग्रीमा झरेको कारण चिसो अत्याधिक बढेको छ । बाक्लो हिउ परि रहेकोले जमिनमा डेढ फिट भन्दा बढी हिउ जमेको छ भने अझै पर्नेक्रम जारी रहेको छ ।

लगातारको हिमपात पछि नाम्खा गाउँपाकिलाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमी सम्पर्क बिहीन भएको छ । नेपाल टेलिकमको सञ्चार सेवा पुग्न नसकेको लिमीमा हिमपात भै रहेकोले सोलारले काम नगर्दा गाउँमा भएको वल्र्ड लिंक कम्युनिकेसनको इन्टरनेट सेवाले काम नगर्दा लिमी सम्पर्क बिहीन भएको हो ।

लिमीका तीन वटै गाउँमा बिहीबारबाट सम्पर्क हुन नसकेको लिमी हल्जी गाउँको हिम शिखर प्राबिका शिक्षक कर्णजित बुढाले जानकारी दिए ।

डोटीको खडयौलीमा हिमपात
हिउँले सेताम्बे बाजुराको गौमुल गाउँपालिका–५ पडिकोड क्षेत्र ।
सटेडाबाट देखिएको बाजुराको गौमुल पडिकोड क्षेत्र
काठमाडौँको चिन्द्रगिरीमा हिउँमा रमाउँदै एक युवती ।
काठमाडौँको चिन्द्रगिरीमा हिउँमा रमाउँदै एक युवती ।
हिउँमा रमाउँदै आन्तरिक पर्यटक
हिउँमा रमाउँदै आन्तरिक पर्यटक
हुम्ला सदरमुकाम सिमकोट ।
हिमपातले सिमकोटको जनजीवन कष्टकर बन्दै

तस्वीर: रासस

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ०७ बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट