पार्टीभित्रको विवाद अन्त्यका लागि ओलीले एक पद छाड्नैपर्छ : नेता पौडेल | Khabarhub Khabarhub

पार्टीभित्रको विवाद अन्त्यका लागि ओलीले एक पद छाड्नैपर्छ : नेता पौडेल


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन्।

काठमाडौँमा भएको साक्षात्कारमा पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने बताए । पार्टीभित्रको समस्या समाधानका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्रै लिनुपर्ने उनको भनाइ छ ।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,’ उनले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताउँदै भने, ‘पार्टी कसैले फुटाउनु हुँदैन, एक बनाउनैपर्छ।’

नेकपा विवादले संकटपूर्ण अवस्था ल्याएको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए।

सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमा गहन छलफल गरेर मात्रै निकास निस्कने बताउँदै उनले त्यसका लागि ओली पद त्याग्‍न तयार हुनुको विकल्प नभएको बताए ।

फरक प्रसंगमा पौडेलले तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गर्नु गलत भएको समेत तर्क गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ७ : ४१ बजे

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा

काठमाडौं- भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।

झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए

इलाम- सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकास

जापानमा रोजगारीको उपलब्धता घट्यो

टोकियो– जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन

ओलीले भने- ‘इलामको विकासको जिम्मा सुहाङले लिन्छन्’

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा

कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ

काठमाडौं– प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई