मेचीनगर उपप्रमुख उप्रेती चढेको गाडी जलाउने प्रयास | Khabarhub Khabarhub

मेचीनगर उपप्रमुख उप्रेती चढेको गाडी जलाउने प्रयास


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे १ झ १७२ नम्बरको गाडी एक समूहले जलाउने प्रयास गरेको छ । गाडी जलाउने प्रयास गर्दा उपप्रमुख उप्रेती गाडीभित्रै थिइन् ।

गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी संघमा आवद्ध भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किए आगजनीको प्रयास गरेको उनको भनाइ छ । उनले भनिन्, ‘मलाई गाडीभित्र जलाउने प्रयास भयो, धन्न बाँचे ।’

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भई नगरपालिका कार्यालयतर्फ फर्किरहँदा अपरान्ह ३ बजेतिर धाइजन–चारआली खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।

पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन खोजेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि गाडी छिटो हुइँक्याउन लगाएकी थिइन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन् ।

सो घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : २२ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ