सनी देओलमा देखियो कोरोना | Khabarhub Khabarhub

सनी देओलमा देखियो कोरोना


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ । बुधवार गरिएको स्वाब परीक्षणमा उनीमाथि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

संक्रमण देखिएपछि उनी आइसोलेसनमा बसेका छन् । सनीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् ।

‘मैले कोरोना परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आएको छ, म एकान्तवासमा छु र मेरो स्वास्थ्य अवस्था ठीक छ,’ सनीले भनेका छन्, ‘मेरो अनुरोध छ कि, सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुस् ।’

सनीले मुम्बई फर्कनुभन्दा पहिले मनालीमा कोरोना परीक्षण गराएका थिए । उनमा कोरोना पोजेटिभ देखिए पनि भाइरसको लक्षण भने नदेखिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  २ : ४५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र