कोरोनाका कारण फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको निधन | Khabarhub Khabarhub

कोरोनाका कारण फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको निधन


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको कोरोनाका कारण निधन भएको छ ।

कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

फ्रान्सलाई आधुनिक मूल्यमान्यताअनुसार् अगाडि बढाउन प्रमुख भूमिका खेलेका दिस्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए ।

सन् १९८१ मा राष्ट्रपति पदका लागि चुनाव लडे पनि उनी समाजवादी फ्राँस्वा मितेरँसँग पराजित भएका थिए । फ्रान्सली समाजको आधुनिकीकरण, गर्भपतनलाई वैधता, आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाउने तथा मताधिकार २१ वर्षबाट १८ वर्षमा झार्ने काम दिस्तँले गरेका थिए ।

साथै उनले जीवनभर युरोपेली मुलुकबीचको सहकार्यलाई जोड दिँदै आएका थिए । सन् २०१६ मा युरोपेली युनियनबाट बाहिरिने विषयमा जनमतस‌ंग्रह हुनुपूर्व उनले बेलायतलाई युनियनमै रहन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १० : ४० बजे

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष

पर्यटकलाई राम्रो होटल मिलाइदिन्छु भन्दै बार्गेनिङ गरी दुःख दिएकोआरोपमा पाँच जना पक्राउ

पोखरा– पोखरामा सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा

रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’ 

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा मुछिएका

काफल बेचेर मनग्य आम्दानी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीय गीता वादी हिजोआज