अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख ३ हजारमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख ३ हजारमा संक्रमण


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ३ हजार ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै हो ।

यसअघि गत मंसिर ६ मा त्यहाँ एकैदिन २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो वृद्धिसँगै १ संक्रमितको संख्या १ करोड ४३ लाख १३ हजार ९४१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८४ लाख ६२ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५५ लाख ७१ हजार ७२९ जनामध्ये २६ हजार १८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८३१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७९ हजार ८६५ पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ३५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी