अमेरिकामा थप ९५ लाखभन्दा बढीमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप ९५ लाखभन्दा बढीमा संक्रमण


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा ९५ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ८८ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९५ लाख ६७ हजार ५४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६१ लाख ७१ हजार ४०२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३१ लाख ५९ हजार १४४ जनामध्ये १७ हजार ५७६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३६ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ५२२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३६ हजार ९९७ पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १० : ५५ बजे

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय