एक करोड रूपैयाँसहित तीन हुण्डी कारोबारी काठमाडौँबाट पक्राउ | Khabarhub Khabarhub

एक करोड रूपैयाँसहित तीन हुण्डी कारोबारी काठमाडौँबाट पक्राउ


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुण्डी कारोबारमा संलग्न तीन जना काठमाडौँबाट पक्राउ परेका छन् ।

उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ पनि बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

काठमाडौँको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित सोमबार बेलुका झापाका बिकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरिएको हो।

उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको छ ।

उनीहरूले गैरकानुनी मानिएको हुण्डीको कारोबार गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआईजी सहकुल थापाले बताए ।

नेपालमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : ३२ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा