सांसद सूर्यबहादुर केसीको निधन | Khabarhub Khabarhub

सांसद सूर्यबहादुर केसीको निधन


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको पोखरामा निधन भएको छ ।

६३ वर्षीय नेता केसीको सोमबार राति निधन भएको हो। पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा सोमबार राति १०:३० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । ३ वर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च समेत हुन् ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए । सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

उनको आजै पोखरामा अन्त्येष्टी गरिने नेपाली काङ्ग्रेस कास्कीका प्रबक्ता नवीन सिक्देलले बताए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ५४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई