कतारबाट फर्किने नेपालीहरुले निःशुल्क पीसीआर परीक्षण गर्न पाउने | Khabarhub Khabarhub

कतारबाट फर्किने नेपालीहरुले निःशुल्क पीसीआर परीक्षण गर्न पाउने



दोहा- कतारबाट नेपाल फर्किनेहरुले अब निःशुल्क र कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सक्ने भएको छ ।

स्वदेश फर्कनका लागि तोकिएका नीजि अस्पतालसँगै अब निश्चित सरकारी अस्पतालमा निःशुल्क र एकदमै कम शुल्कमा कोरोनाको पीसीआर परीक्षण गर्न सकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

वर्कर हेल्थ केयर सेन्टर,फेरिज अब्देल अजिज हेल्थ केयर सेन्टरमा निःशुल्क तथा निकै कम शुल्कमा पीसीआर परीक्षण गर्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी मुईथेर हेल्थ केयर सेन्टर, रावादत अल खाली हेल्थ केयर सेन्टर, उम सलाल हेल्थ केयर सेन्टर तथा घराफत अल रयान हेल्थ केयर सेन्टरमा पनि  पीसीआर परीक्षण गर्न सकिने सकिने दूतावासले जनाएको छ ।

नेपाल सरकारले पीसीआर परीक्षण गरेर स्वदेश फर्किएकालाई होटल क्वरेण्टिनमा बस्न नपर्ने मापदण्ड तय गरेको छ ।

यदी पीसीआर परीक्षण नगरी स्वदेश फर्किएमा काठमाण्डौमा सात दिन आफ्नै खर्चमा होटल क्वरेण्टिनमा बस्नुपर्ने हुन्छ ।

दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ३६ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।