मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई नेपालीले नै कुटेको पुष्टि | Khabarhub Khabarhub

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई नेपालीले नै कुटेको पुष्टि


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियमा नेपालीमाथि भएको कुटपिट घटनाका पीडित र पीडक दुबैजना नेपाली नै रहेको र उनीहरु दूतावासको सम्पर्कमा आएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले विज्ञप्ति जारी गरी घटनाका पीडित र पीडक दुवैजना नेपाली रहेको र उनीहरू दूतावासको सम्पर्कमा आएको जानकारी दिएको हो ।

दूतावासले ती दुवैजना कार्यरत रहेको सुरक्षागार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनी पीआइकेएमलाई उक्त घटनाबारे सत्यतथ्य बुझ्न अनुरोध गरेको पनि जनाएको छ ।

उक्त घटनामा पीडित रहेका व्यक्ति नवलपरासी जिल्लाका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तु जिल्लाका श्रीरामगोपाल मुराउ रहेको दूतावासले जनाएको छ ।

उनीहरू दुवैजना मलेसियाको कानुनअनुसार अवैधानिक रूपमा रहेको पनि दूतावासले उल्लेख गरेकाे छ ।

उक्त घटना ७ जुलाई २०२० बिहान करिब १० बजे भएको उनीहरूले बताएकाे दूतावासको भनाइ छ । र, उक्त घटना क्वालालम्पुरस्थित एम थ्री मलमा भएको थियो ।

घटनामा संलग्न दुईमध्ये पीडक सेक्युरिटी सुपरभाइजरका रूपमा कार्यरत रहेको र पीडित व्यक्ति सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको दूतावासले जनाएको छ ।

घटनामा पीडकका रूपमा संलग्न मुराउ स्वेच्छाले नै सोमबार मलेसियाली प्रहरीसमक्ष उपस्थित भएका छन् ।

अब घटनाको छानबिन मलेसियाली प्रहरीले गर्ने दूतावासले जनाएको छ । निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : ०४ बजे

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन