प्रदेश २ मा कोरोना संक्रमित ५ हजार नाघे | Khabarhub Khabarhub

प्रदेश २ मा कोरोना संक्रमित ५ हजार नाघे


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ।

सोमबार मात्रै १०३ संक्रमति थपिएका छन्। यो संख्यासँगै संक्रमित ५ हजार ९ पुगेका छन्। सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा पर्सामा सबैभन्दा बढी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै धनुषा र महोत्तरीमा ३०/३० जना कोरोना संक्रमित थपिएका छन्। बारामा ३ जना, सिरहामा १ जना र सर्लाहीमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा आज ११ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तीमध्ये ३ जना महिला छन्।

आजको तथ्यांक हेर्दा प्रदेश २ का तीन मुख्य शहर जनकपुरधाम, वीरगन्ज र जलेश्‍वरमा बढी संक्रमित फेला परेका छन्। यी तीनै शहरमा कोरोनाको जोखिम बढेको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : ३८ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।