यस्तो छ जाह्नवी कपूरको फिल्म 'गुञ्जन सक्सेना' को ट्रेलर | Khabarhub Khabarhub

यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर रिलिज गरिएको छ । नेटफिल्क्सले निर्माण गरेको यो फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्ममा जाह्नवी कपूरले भारतीय एअरफोर्स कमाण्डरको भूमिका निभाएकी छिन् । उनीसँगै फिल्ममा पंकज त्रिपाठी र अंगद बेदीको पनि शीर्ष भूमिका देख्न सकिन्छ ।

गुञ्जन सक्सेनाको जीवनमा आधारित यो फिल्ममा उनको संघर्षको कथा प्रस्तुत गरिएको छ । गुञ्जन सक्सेनाका पिताको भूमिकामा पंकज त्रिपाठीले अभिनय गरेका छन् ।

ट्रेलरमा कारगिल युद्धको केही झलक पनि देख्न सकिन्छ । यो फिल्म भारतकी पहिलो लडाकू पाइलटको गौरवको कहानी हो । सन् १९९९ मा भएको कारगिल लडाइँमा गुञ्जन सक्सेनाले आफ्ना कैयन् साथीको ज्यान बचाएकी थिइन् ।

उनको जीवनमा आधारित यो फिल्ममा यही अगस्त १२ मा नेटफिल्क्समा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : २४ बजे

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी