ओली–प्रचण्ड वार्ता : आइतबार सकारात्मक, सोमबार निराशाजनक | Khabarhub Khabarhub

ओली–प्रचण्ड वार्ता : आइतबार सकारात्मक, सोमबार निराशाजनक

प्रचण्ड भन्छन् : पहिले स्थायी कमिटी बैठक, ओली भन्छन् : पहिले सचिवालय बैठक


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफल पनि सचिवालय बैठक पहिले कि स्थायी कमिटी पहिले भन्ने विवादमा अल्झिएको छ ।

यही साउन १३ गते स्थायी कमिटी बैठक स्थगन र सञ्चालनमा विवाद भएपछि दुई अध्यक्षबीच टुटेको संवाद आआफ्ना साक्षीका साथ आइतबार सुरु भएको थियो । आइतबार पनि सचिवालय बैठक पहिले कि स्थायी कमिटी पहिले भन्ने विवादमा छलफल निष्कर्षहीन भएको थियो ।

आइतबार झैँ आज पनि ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रचण्डका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल अध्यक्षद्वयको छलफलमा सहभागी थिए ।

ओली दुई अध्यक्षले प्रस्ताव तयार गर्ने र सचिवालय बैठकबाट अनुमोदन गराई स्थायी कमिटीमा पेश गर्ने पक्षमा छन् । दुई अध्यक्षको साझा प्रस्ताव अनुमोदन गर्न पहिला सचिवलाय बैठक हुनुपर्ने अडानमा ओली छन् ।

दाहाल भने स्थायी कमिटी बैठककै निरन्तरताका पक्षमा छन् । गत १३ गते स्थायी कमिटी बैठक स्थगन र सञ्चालन भएको विषयमा पनि दुई अध्यक्षबीच चर्को विवाद भएको छ ।

प्रचण्ड ओली एक्लैले गरेको स्थगनलाई मान्यता नदिने अडानमा छन् भने ओली त्यस दिन प्रचण्डको अध्यक्षतामा बैठक भएको मान्न तयार छैनन् । ओलीको अडानअनुसार साउन १३ गते बैठक स्थगित भएको हो । त्यसपछि बालुवाटारमा प्रचण्डको नेतृत्वमा गुटको भेला भएको हो ।

प्रचण्ड गुटको भेला मान्न तयार छैनन्, बैठक नै हो भन्ने अडानमा छन् । उक्त बैठकको निर्णयअनुसार स्थायी कमिटीको बैठक तोक्नुपर्ने प्रचण्डको अडान छ । ओली दुई अध्यक्ष बसेर प्रस्ताव तयार पार्नुपर्ने र सचिवालयबाट अनुमोदन गराएर स्थायी कमिटीमा पेश गर्नुपर्ने अडानमा छन् ।

दुवै अध्यक्ष आआफ्ना अडानमा कायम रहेपछि सचिवलाय र स्थायी कमिटी दुवैको बैठक अनिश्चित भएको छ ।

स्रोतका अनुसार ओलीले बहुमतबाट निर्णय गरेर अघि बढ्न प्रचण्डलाई चुनौती दिएका छन् । ओलीको चुनौतीले प्रचण्ड असमञ्जसमा परेका छन् । उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि प्रचण्डपक्ष दुर्बल भएको ओली पक्षको निचोड छ ।

ओली पक्षका अनुसार ओलीको सहमति नभई स्थायी कमिटीको बैठक हुँदैन किनभने १३ गते भएको ‘गुट भेला’ ले ओलीसँग सल्लाह गरेर बैठक तोक्ने जिम्मेवारी प्रचण्डलाई दिएको छ ।

हिजो ओली र प्रचण्ड दुवैले आआफ्ना कुरा खुलेर प्रकट गरेको र टुटेको संवाद सुरु भएकाले वार्ता सकारात्मक रहेको भनिएको भए पनि आज कुनै प्रगति नभएको बालुवाटार स्रोतको भनाइ छ ।

आज तिक्तता झन् बढे पनि भोलि अपराह्न फेरि वार्तामा बस्न ओली र प्रचण्ड दुवै सहमत भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ३ : ०५ बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्