झापामा राजस्व असुलीमा कमी | Khabarhub Khabarhub

झापामा राजस्व असुलीमा कमी


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक्रीबाट तीन करोड ९० लाख ८५ हजार राजस्व सङ्कलन भएको जानकारी दिए । हातहतियार इजाजतबापत ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत सात हजार ६०० अन्य प्रशासनिक सेवा शुल्कबापत ११ लाख दुई हजार ४५० राजस्व सङ्कलन भएको छ ।

सो राजस्व अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को भन्दा दुई करोड ५३ लाख ३५ हजार ६४८ ले कमी रहेको उनले बताए । अघिल्लो वर्ष कार्यालयले छ करोड ५६ लाख ५१ हजार २८४ राजस्व सङ्कलन गरेको थियो ।

लेखापाल नेपालले आवको दोस्रो चौमासिक शुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : ४९ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको