अमेरिकी अन्तरिक्ष यात्रीसहितको यान दुई महिनापछि पृथ्वीमा फिर्ता | Khabarhub Khabarhub

अमेरिकी अन्तरिक्ष यात्रीसहितको यान दुई महिनापछि पृथ्वीमा फिर्ता


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दुई यात्रीसहितको अमेरिकी अन्तरिक्ष यान २ महिनापछि पृथ्वीमा फर्किएको छ ।

बब बेन्कन र डग हर्ली नाम गरेका दुई यात्रीसहितको स्पेस एक्स ड्रयागन क्याप्स्यूल नामक अन्तरिक्ष यान समुन्द्रमा अवतरण गराइएको छ ।

४५ वर्षअघि अपोलो कमान्ड मोड्युल नामको यानपछि पहिलो पटक अर्को मानवसहितको अर्को यान पानीमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।

उक्त यान अवतरणका क्रममा चार प्यारासुट प्रयोग गरिएका थिए । जसले प्रतिघण्टा ५६० किलोमिटर गतिको यानलाई समुद्र छुने बेला करिब २४ किलोमिटर प्रतिघण्टामा सीमित गरेको बताइएको छ ।

उक्त यान पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरे लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो।

‘स्पेस एक्स र नासाको टोलीका तर्फबाट पृथ्वीमा पुनः स्वागत छ। स्पेस एक्समा उडाउनु भएकोमा धन्यवाद,’ स्पेस एक्स मिसन कन्ट्रोलले अवतरणपछिको सन्देशमा भनेको थियो । अवतरणपछि अन्तरिक्षयात्रीहरूलाई चिकित्सकहरूको टोलीले परीक्षण गरेका थिए।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : २४ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी