जनैपूर्णिमा : यस्ता छन् क्वाँटी खानुको फाइदा | Khabarhub Khabarhub

जनैपूर्णिमा : यस्ता छन् क्वाँटी खानुको फाइदा


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज श्रावण शुक्ल पूर्णिमा, अर्थात जनैपूर्णिमा । जनैपूर्णिमालाई रक्षा बन्धनको दिनसँगै क्वाँटी खाने दिनका रुपमा पनि लिइन्छ ।

आजकै दिनमा विशेष परिकारको रुपमा भिजाएर टुसा उमारिएको गेडागुडीलाई क्वाँटीको रुपमा खाने चलन पनि रहेको छ ।

क्वाँटी भनेको गेडागुडीलाई तातो र झोलिलो बनाएर खानु हो । आज क्वाँटी खानको लागि हरेक नेपालीहरुले आफ्नो घरमा दुई दिन अघिदेखि नै गेडागुडी भिजाएर टुसा उमारेका हुन्छन् ।

क्वाँटीमा मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी बकुल्लो लगायतका ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ ।

आजको दिन प्राय हरेक नेपालीको घरमा क्वाँटी पाक्ने गर्छ । सायद तपाईंले पनि क्वाँटी पकाएर खाइसक्नु भयो होला ।

तपाईले खाएको क्वाँटीको फाइदा तपाईंलाई थाहा छ ? थाहा पाइराख्नुस् क्वाँटी खानु स्वास्थ्यका लागि निकै लाभदायीक छ ।

क्वाँटी खानुका फाइदा

– क्वाँटीमा भिटामिन ए, बी र सिको मात्रा प्रचुर मात्रामा हुन्छ,

– क्वाँटी खादा कब्जियत, पाइल्स, फिस्टुला, फिसल लगायतको रोगबाट छुट्करा पाइन्छ,

– क्वाँटी नियमित खाएमा घाउहरु चाँडै निको हुन्छ,

– तौल नियन्त्रण गर्छ,

– हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ,

– हड्डी कमजोर हुने समस्याबाट राहात मिल्छ,

– महिनावारी हुनुभन्दा अगाडी सेवन गर्दा पेटदुख्ने समस्याबाट राहत मिल्छ,

– मधुमेह, बाथ, मुटु तथा रक्तनली सम्बन्धी रोगहरु लाग्नबाट बचाउँछ,

– रोग प्रतिरोधात्मक शक्ति बढाउछ,

– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ,

– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ,

– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ,

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ,

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ,

– पाचनशक्तिमा सुधार ल्याउँछ,

– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : २४ बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन