सांसद पाठकको क्षेत्रको ७९ लाख बागलुङका तीन स्थानीय तहको कोरोना कोषमा | Khabarhub Khabarhub

सांसद पाठकको क्षेत्रको ७९ लाख बागलुङका तीन स्थानीय तहको कोरोना कोषमा


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा.सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ ।

नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको छ करोडमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गरिएको हो ।

‘बागलुङ क्षेत्र नम्बर १ भित्रका चार पालिकामध्ये तीन पालिकामा झण्डै एक करोड रकम बचत हुन आएको छ’, सांसद पाठकले भने, ‘कोरोना रोकथाम, उपचार नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले तत्कालै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहमा रकम जम्मा भएको छ ।’

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको स्थानीय तह पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहमा बचत भएको रकम बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्न जिल्ला समन्वय समिति बागलुङको निर्णयसहित कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा असार १५ गते नै पत्रचार गरिएको थियो ।

स्थानीय तहले कोरोना व्यवस्थापन गर्न नसकेको सन्दर्भ र सांसद विकास कोषमा खर्च हुन नपाएको रकमलाई कोरोना व्यवस्थापनमा लगाइँदा क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापन भएको हो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ३१ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई