हङकङमा नयाँ सुरक्षा कानून लागु भएपछि धरपकड, प्रजातन्त्रवादी अभियान्ता विस्थापित | Khabarhub Khabarhub

हङकङमा नयाँ सुरक्षा कानून लागु भएपछि धरपकड, प्रजातन्त्रवादी अभियान्ता विस्थापित


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा नयाँ सुरक्षा कानून लागु भएसँगै धरपकड सुरू भएको छ ।

धरपकडसँगै हङकङका प्रभावशाली प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित भएका छन् ।

प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन लले नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि आफू हङकङबाट विस्थापित भएको बताएका छन् ।

सन् २०१४ मा अम्ब्रेला प्रदर्शनका क्रममा जेलमा पनि समय बिताएका उनले विदेशमै रहेर पनि प्रजातन्त्रको पक्षमा वकालत गरिरहने बताएका छन् ।

चीनले गत मंगलबार नयाँ सुरक्षा कानून पारित गरी बुधबारदेखि लागु गरेको छ । त्यसलगत्तै सो कानून अनुसार प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्नेहरुको धरपकड पनि सुरु भएको छ ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

पछिल्लो समय चीनले हङकङको स्वायत्ततालाई कुण्ठित गर्न प्रयास गरिरहेको अधिकारकर्मी तथा प्रजातन्त्र पक्षधरहरुको भनाई छ । गएको वर्ष सुपूदर्गी सम्बन्धी विधेयकको विरोधमा लाखौँ मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : २३ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री