सेफिल्ड युनाइटेडसँग टोटेनहम पराजित | Khabarhub Khabarhub

सेफिल्ड युनाइटेडसँग टोटेनहम पराजित


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडसँग टोटेनहम पराजित भएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा सेफिल्डले टोटेनहलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सेफिल्डलाई जीत दिलाउन सन्डेर बेर्गे, माउसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

खेलको ३१ औं मिनेटमा सन्डेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६९ औं मिनेटमा माउसेटले गोल गर्दा सेफिल्ड २-० ले अघि रह्यो । ८४ औं मिनेटमा ओलिभरले गोल गर्दा घरेलु टिम ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको अन्तिम समयमा केनले एक गोल फर्काए पनि टोटेनहम ३-१ ले पराजित भयो ।

जीतसँगै सेफिल्ड लिगको सातौं स्थानमा उक्लिएको छ । सेफिल्डले ३२ खेलमा ४७ अंक जोडेको छ । पराजित टोटेनहम ४५ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : ५० बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर