कर बुझाउने समय असार ७ गतेसम्म थप | Khabarhub Khabarhub

कर बुझाउने समय असार ७ गतेसम्म थप


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कर बुझाउने समयसीमा थप गरेको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । लकडाउनले व्यवसाय चौपट भएका बेला सरकारले कर तिर्न ताकेता गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

यसअघि जेठ २५ गतेसम्म कर नबुझाए जरिवाना लाग्ने सूचना जारी गरेको आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर बुझाउने समय थपेको हो । आजै अर्थ मन्त्रालयमा व्यवसायीहरुसँग भएको छलफलपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो ।

चौतर्फी आलोचनापछि विभागले अर्को सूचना जारी गरेको हो । कर तिर्ने समय नथपे भद्र अवज्ञा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए ।

त्यसपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ३ : ५६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष