लकडाउनमा पुलमुनि भब्य पार्टी, सामाजिक दुरी बनाएर डान्स (भिडियोसहित) | Khabarhub Khabarhub

लकडाउनमा पुलमुनि भब्य पार्टी, सामाजिक दुरी बनाएर डान्स (भिडियोसहित)


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ सामाजिक सञ्जालमा यस्ता भिडियो भाइरल हुन्छन्, जसलाई हेर्दा मात्र मानिस अचम्भित हुने गर्दछ ।

अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल बनेको छ । जसलाई हेरेर धेरै मानिस अचम्भित भएका छन् साथै रुचाएका पनि छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमणको बढ्दो महामारीका कारण ६४ लाख ५२ हजारभन्दा बढि मानिस संक्रमित छन् भने ३ लाख ८२ हजारभन्दा बढि मानिसको मृत्यु भइसकेको छ ।

जसका करण अधिकाशं देशमा सर्तकता भन्दै लकडाउनको घोषणा गरिएको छ । जहाँ मानिसहरु सामाजिक दुरीमा रहने गर्दछन् । तर यहिबीच भाइरल भिडियोमा एक साथ कैयौं मानिस जमेर पार्टी गरिरहेको देखिन्छ । तर यसमा रोचक पक्ष के छ भने सबैले सामाजिक दूरीको नियमलाई पालना गरेका छन् ।
भिडियो हेर्नुहोस्

आम अवस्थामा मानिस डान्स गर्दा एकअर्कासंग नजिक हुन्छ । तर भाइरल भिडियोमा प्रष्ट देख्न सकिन्छ । एउटा पुलको मुनि कैयौं मानिस जम्मा भई भब्य रुपमा डान्स गर्दै पार्टी गरिरहेका छन् । तर सबैजना वर्गाकार क्षेत्रभित्र रहेर सामाजिक दुरीलाई पालना गर्दै डान्स गर्दै पार्टीमा सहभागी छन् ।

यो भिडियो कुन देश वा क्षेत्रको हो यसबारे केहि उल्लेख छैन । तर यसलाई ट्वीटरमा नेदरल्याण्डका एक ब्यक्तिले शेयर गरेका छन् । र उनले क्याप्सनमा लेखेका छन्, नयाँ दुनिँयामा स्वागत छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : १७ बजे

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत