थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो | Khabarhub Khabarhub

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पर्सामा ३६ वर्षीया पुरुष र नेपालगञ्जको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार नेपालगञ्जमा देखिएका कोरोना संक्रमित ५ जना पुरुष र४ जना महिला छन् । उनीहर ७ देखि ५८ वर्ष उमेरका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

डा देवकोटाका अनुसार पर्सामा देखिएका ३६ वर्षीया कोरोना संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो भने अन्य ९ जनाको नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

आज संक्रमण पुष्टि भएका मध्ये वीरगञ्जका संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यस्तै नेपालगञ्जमा संक्रमण पुष्टि भएका ९ जनालाई नेपालगञ्जको कोरोना विशेष अस्पतालमा लगिदै गरेको प्रवक्ता देवकोटाले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : २३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र