बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार आइतबार मध्याह्न बोलाइएको बैठक केही समय अगाडिदेखि शुरु भएको हो ।

बैठकका एजेन्डाबारे पूर्व जानकारी गराइएको छैन । यद्यपि सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।

बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ ।

हालसम्म शुरु भइसक्नुपर्ने संसदको बजेट अधिवेशन कोरोना भाइरसको महामारीका कारण शुरु हुन सकेको छैन ।

संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेरै जतिसक्दो छिटो संघीय संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न आग्रह गरेका छन् ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सामाजिक दूरी कायम हुने गरी संसद बैठक सञ्चालन गर्न सकिने प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले केही दिन अगाडि संसद बैठक सञ्चालनका लागि संघीय संसद भवनमा भइरहेको तयारीबारे स्थलगत निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : २४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर