कोरोना भाइरस नियन्त्रण गर्न मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा | Khabarhub Khabarhub

कोरोना भाइरस नियन्त्रण गर्न मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारीका चलिरहेका बेला मलेसियामा रहेका नेपाली भने समस्यामा परेका छन् । कोरोना नियन्त्रण गर्न मलेसियन सरकारले जारी गरेको ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा परेका हुन् ।

भिसा सकिएर स्वदेश फर्कन अन्तिम तयारीमा रहेका नेपालीहरुलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको नेपाली मजदुर एकता समाज मलेसिया समितिले जनाएको छ।

समितिले शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै मलेसियाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेसँगै नेपाली श्रमिकहरु समस्यमा परेको जनाएको हो ।

विज्ञप्तिमा ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ (एमसिओ) लागु भएपछि भिसा सकिएर अलपत्र अवस्थामा परेका नेपालीहरूलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको र गर्दै आइरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

विभिन्न कम्पनीहरुले कामदारलार्इ खानको लागि न्युनतम खर्चसमेत उपलब्ध नगराएको र कोरोना कोष भन्दै यो संवेदनशील घडीमा जोखिम मोलेर डिउटी गरिरहेका नेपालीहरूको पैसा कटौती गरेको गुनासो पनि आइरहेको समितिले जनाएको छ ।

समस्यामा परेका नेपालीहरूलाई उचित न्याय दिलाउन र भिसा सकिएर अलपत्र परेका अवस्थामा रहेका नेपालीहरुलाई सकेसम्म चाँडै व्यवस्थापन र स्वदेश फर्कने वातावरण मिलाउनको निम्ति नेपाली राजदूतावास क्वालालम्पुरलाई मलेसियाको समितिले ध्यानाकर्षण समेत गराएको छ ।

मलेसियामा पूरै लकडाउन छैन । हिँडडुलमा कडाइ गरिएको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि चौथो पटक ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरिएको छ । यो मे १२ सम्म लागू हुनेछ ।

जारी विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ०५ बजे

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र