'भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ' भनेर सामाजिक सञ्जाल टनाटन छ: नवल खड्का | Khabarhub Khabarhub

‘भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ’ भनेर सामाजिक सञ्जाल टनाटन छ: नवल खड्का


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता नबल खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई महामानव बन्न अनुरोध गर्दै खुला पत्र लेखेका छन् ।

उनले भ्रष्टाचारले सगरमाथाको उचाइ नाघिसकेको र नेपाली पीडामा हुँदा भ्रष्टाचार गर्नेहरू मानव नभएको बताएका छन् । उनले खुला पत्रमार्फत भनेका छन्, ‘नेपाली जनतामात्र होइन, सिङ्गो मानवजाति नै अत्यन्त पीडा भएको बखत जुन भ्रष्टाचार भयो त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो लागेन, राक्षसहरुमा त अलिकति विवेक हुन्छ ।’

देशमा भ्रष्टाचार मौलाउँदै गएको र यस्तो बेलामा केन्द्रीय नेताहरु नै नाङ्गो र संवेदनाहीन भ्रष्टाचारमा मुछिँदा केपी र प्रचण्ड शव्दजाल र मुक भएर बस्न नमिल्ने बताएका छन् । सरकारले कोरोनाको सामग्री खरिदमा पनि भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

कलाकार तथा निर्माता नवल खड्काले सरकारप्रति अझै पनि आशा बाँकी रहेको भन्दै खुला पत्र लेखेका हुन् । यस्तो छ उनको खुला पत्र:

सम्माननीय प्रम ओलिज्यू साथै नेकपा अध्यक्ष प्रचण्डज्यू !
नमस्कार

सबभन्दा पहिला म मेरो सदिक्षा प्रकट गर्दछु– तपाईंहरु महामानव बन्नुहोस् ।

‘भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ’ भनेर सामाजिक सञ्जाल टनाटन छ। देख्नु भो होला सुन्नु भो होला । तर भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उच्चाई नाघी सक्यो, देख्नु भयो होला ।

विगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान लिनेवाला थियो। त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन।

जनताहरुले लाठो देखाएपछि रद्ध गरियो। के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नु भएको छैन तर हामी स्पष्ट नै छौं।

नेपाली जनतामात्र होइन सिङ्गो मानवजाति नै अत्यन्त पीडा भएको बखत जुन भ्रष्टाचार भयो त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो लागेन ।

राक्षसहरुमा त अलिकति विवेक हुन्छ। सारा विश्वका मानवजाति आफन्तहरु शवलाई दाहसंस्कार गर्न मलामी नपाएका वखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न सकिदैन। तपाईंहरुलाई पनि यस्तै लागेको होला मेरो विश्वास छ।

तर म निवेदन गर्दछु– यस्ता अमानवहरुलाई बालुवाटारमा पोसेर तथा धुम्वराही तथा पेरिस डाँडाले स्याहारेर राख्दा समाजवादको बाटो होइन पार्टी नै आर्यघाटतर्फ लाग्छ ।

हामीहरुलाई भनौं– अब पनि ती चोखा भनेर काखीमा बसिराख्नु भए तपाईंहरु प्रति जनताको पुरै मोहभङ्ग हुनेछ। इतिहासमा जुन भूमिका खेलेर आउनु भएको छ ती सबै नामिटानामेट हुनेछन्। यस्तो हुँदा पनि तपाईंहरु दुवैबाट कुनै कदम नचालिनु दु:खद् छ ।

हामी चलचित्रकर्मीले विशिष्ठ प्रकारको सफल चलचित्र बनाउन अभिनयकला गर्छौं। तर तपाईंहरुले अभिनय होइन वास्तविक कार्य गर्नुपर्छ । हो कला पनि चाहिन्छ र चतुरता पनि चाहिन्छ तर जनसेवा कसरी गर्ने त्यसलाई कसरी जनहित हुने गरी गर्ने भनेर। तर किचेन क्याविनेटका पार्टीका केन्द्रीय नेताहरु नै नाङ्गो र संवेदनाहीन भ्रष्टाचारमा मुछिदाँ तपाईहरु शव्दजाल र मुक भएर बस्न मिल्दैन।

त्यस्तो भ्रष्टाचारीहरुले नैतिकताले नै राजीनामा दिनु पर्ने थियो। के नैतिकता शेरबहादुर तामाङ्गमा मात्रै लागू हुने शव्द हो। यिनीहरुका लागि नैतिकता भन्ने शव्द थिएन। यसर्थ मेरो अनुरोध छ आसन भन्दा माथि र सन्तानमोह छाडेर तिनीहरुलाई कठघरामा उभ्याउनुहोस्।

ती जनताका नजरमा कोरोनाभाइरसका कारणले ढलिसके ती अर्द्धमृतप्रति जनताको कुनै विश्वास छैन। तिनीहरुले सरकारका कुनै राम्रा कार्यबारे चर्चा गरे भने सामाजिक सञ्जालमा के कस्ता प्रतिक्रिया आउँछन् तपाईंहरुले हेर्नु भएको छ। तर टेर्नु भएको छैन।

अब पनि टेर्नुभएन भने के हुन्छ? विश्वका कैयन भ्रष्टाचारीलाई के भएको थियो त्यही हुन्छ। ईतिहास साक्षी छ ।

आदरणीय नेतागण कैयन अलोकप्रिय शासक कसरी ढले भनेर पाठ सिकाउने दुस्साहस गर्दिनँ। मात्रै सम्झाउन खोजेको हुँ। तसर्थ समृद्ध नेपाल सुखि र खुसि नेपालीको नारालाई जनताको जनजीवनमा अभिब्यक्त हुने गरि काम गरौं। भष्टाचार रोकौं। संविधान संशोधन गर्न सकिन्छ भने दुई तिहाईको सरकारले गरेर भष्टचारीलाई जीवन लिनेसम्मको सजाय दिऊँ।

शाशक हैन, जनताको सेवक बनौ, थोरै समय बाँकी छ। यहाँहरु माथि अझै पनि विश्वास रहेको निवेदन गर्दछु– यो यूगको मानव मात्रै हैन महामानव बनिदिनुस् नेपालीको यहि चाहना छ ।

चलचित्रकर्मी नवल खडका

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  २ : १७ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल