कोरोनाको त्रासका बीच प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित | Khabarhub Khabarhub

कोरोनाको त्रासका बीच प्रतिनिधिसभा बैठक तेस्रो पटक स्थगित


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को त्रासका बीच संघीय संसदको प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ ।

यसअघि चैत २३ गतेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी चैत ३० गते सम्मका लागि स्थगित गरिएको हो ।

यसअघि चैत १२ गते सूचना टाँस गर्दै संसद बैठक चैत २३ गते सम्मका लागि सारिएको थियो ।

कोरोना भाइरसको सन्त्रासका बीच चैत ७ गते बस्ने बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो । चैत ७ गते बस्ने बैठक चैत १३ गते बस्ने गरी स्थगित गरिएकोमा १२ गते सूचना टाँस गर्दै १३ गते बस्ने बैठक चैत २३ गतेसम्मका लागि स्थगित गरिएको थियो । संसदको अर्को बैठक अब चैत ३० गते (आइतबार) दिउँसो १ बजे बस्ने भनिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : ३६ बजे

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको