होम क्वारेन्टाइनमा आस्था राउतले लेखिन् यस्तो कविता | Khabarhub Khabarhub

होम क्वारेन्टाइनमा आस्था राउतले लेखिन् यस्तो कविता


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रायः व्यस्त रहने कलाकार पनि सरकारले गरेको लकडाउनका कारण फुर्सदिला छन् । गायिका आस्था राउत प्रायः व्यस्त रहने गर्थिन् । यतिबेला भने लकडाउनका कारण उनी घरमा फुर्सदको समय बिताइरहेकी छिन् ।

आस्थाले क्वारेन्टाइनको समयमा कोरोनासम्बन्धी जनचेतना जगाउने भन्दै कविता लेखेकी छिन् । सामाजिक सञ्जालमा कविता पोस्ट गर्दै आस्थाले भनेकी छिन् – जनचेतनाका लागि मेरो तर्फबाट एउटा कविता

यस्तो छ उनको कविता

कोरोना जान्न रोएर
बरु जान्छ धोएर
टाढा टाढै बसौँ साथी
नबसौँ छोएर

रुमाल टिस्यु साथै राखौँ
खोकौँ छोपेर
सावधानी अपनाउँ है
हुन्न हेपेर

केही गरौँ केही सोचौँ
घर मै बसेर
मनोबल उच्च राखौँ
जागरुक बनेर

आफु पनि बाचौं, अरुलाई पनि बचाउँ 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : ३८ बजे

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म