कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

पाकिस्तानमा एकैदिन ३०३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ४२१ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये १२५ जना उपचारपछि निको भएका छन् । २ हजार २६२ जना उपचाररत छन् । उनीहरुमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् । चीन वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ३४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर