फ्रान्समा कोरोना भाइरसका कारण एकै दिन १ हजार ३५५ जनाको मृत्यु | Khabarhub Khabarhub

फ्रान्समा कोरोना भाइरसका कारण एकै दिन १ हजार ३५५ जनाको मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार १ सय ५ जना पुगको छ । जसमा एकैदिन २ हजार १ सय १६ जना संक्रमित भएको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुकहरु तीव्र देखिएको छ ।

फ्रान्समा संक्रमितमध्ये १२ हजार ४ सय २८ जना उपचारपछि निको भएका छन् । ६ हजार ३ सय ९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ४१ हजार २ सय ९० उपचाररत छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ५ : ५० बजे

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ