गाँजासम्बन्धी विधेयक प्रदेशसभामा पनि दर्ता, केशव स्थापितले गराए | Khabarhub Khabarhub

गाँजासम्बन्धी विधेयक प्रदेशसभामा पनि दर्ता, केशव स्थापितले गराए


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा–गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ ।

मंगलबारको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए ।

सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ ।

सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका तर्फबाट मात्र दर्ता भएको संसद् सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

सोमबार सङ्घीय संसद् सचिवालयमा सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक दर्ता गराएका थिए ।

किसानको जीवनस्तर उकास्न र औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित तथा नियमन गर्न विधेयक दर्ता गरेको प्रदेशसभा सदस्य स्थापितले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ५८ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र