पोखरामा प्याराग्लाइडिङको विश्वकप हुँदै | Khabarhub Khabarhub

पोखरामा प्याराग्लाइडिङको विश्वकप हुँदै


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – १९ औं संस्करणको प्याराग्लाइडिङ विश्व कप खेल आगामी फागुन दोस्रो सातादेखि पोखरामा हुने भएको छ ।

एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुन लागेको हो ।

नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ ।

प्रतियोगितामा नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसिया लगायतका ३० देशका १ सय २५ चालक सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १ सय २५ पाइलट सहभागी हुने निश्चित भएकाले त्यसको आवश्यक तयारीलाई तीव्र बनाइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : ५२ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको