त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टोली नेपालमा | Khabarhub Khabarhub

त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टोली नेपालमा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला खेल्न अमेरीकी टोली काठमाडौं आइपुगेको छ ।

टोलीले आज दिउँसो पहिलो अभ्यास गर्दैछ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकी टोलीले दिउँसो १ बजे आफ्नो अभ्यास खेल खेल्न लागेको हो।

आइतबार राति १० बजे भारतको मुम्बईबाट काठमाडौं आइपुगेको अमेरिकी टोली होटल सोल्टीमा बसेको छ ।

अमेरिकी टोली हिजो भारतको मुम्बईबाट नेपाल एअरलायन्सको ‘आरए २०२’ विमानबाट काठमाडौं आइपुगेको हो ।

आइतबार अमेरिकी टोलीलाई नेपाली क्रिकेट टोलीका अफिसियल, नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोष सिंह लगायतले पाहुना टोलीको स्वागत गरेका थिए ।

नेपाल ओमान र अमेरिकाबीच त्रिकोणात्मक क्रिकेट सिरिस माघ २२ गतेदेखि २९ गतेसम्म संचालन हुनेछ । नेपालले अमेरिकासँग माघ २५ र २९ गते खेल्नेछ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : २३ बजे

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य