डेब्यु खेलमै स्टेभन विर्गवाईन चम्किदा टोटेनहमसँग म्यान्चेष्टर सिटी स्तब्ध | Khabarhub Khabarhub

डेब्यु खेलमै स्टेभन विर्गवाईन चम्किदा टोटेनहमसँग म्यान्चेष्टर सिटी स्तब्ध


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यु खेलमै  स्टेभन विर्गवाईनले उत्कृष्ट प्रदर्शन गर्दा टोटेनहमले प्रिमियर लिगमा म्यान्चेष्टर सिटीलाई पराजित गरेको छ ।

टोटेनहमले खराब लयबाट गुज्रिरहेको सिटीलाई २–० गोल अन्तरले हराएको हो ।

अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सिमित बन्यो । लगत्तै घरेलु टोली टोेटनहमले दुई गोल गर्यो । ६३ औ मिनेटमा डेब्यु खेलाडी विर्गवाईनले भलीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

सन ह्युङ मिनले ७१ औं मिनेटमा टोटेनहमका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसंगै टोेटेनहम ३७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लियो । सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा रह्यो । टोटेनहम चौथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडी छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : २९ बजे

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै